२३ जेठ २०८३, शनिबार

नेपालमा कोरोना निको हुनेको दर ९५.४ प्रतिशत, बुधवार कति संक्रमित थपिए ?

नेपालमा कोरोना निको हुनेको दर ९५.४ प्रतिशत, बुधवार कति संक्रमित थपिए ?

बुधबार ७३६ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टाको अवधिमा देशभर सातसय ३६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा गरिएको ५ हजार ५५५ जनामा गरिएको पिसिआर परीक्षणमा ७३६ जनामा संक्रमण देखिएको हो । 

देशभरका ८० प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, गत २४ घण्टाको अवधिमा ८४७ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या दुई लाख ३९ हजार चारसय १६ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट निको हुनेको दर ९५.४ प्रतिशत रहेको छ । 

१३ जनाको मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै देश भरमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सातसय ४३ पुगेको छ । 

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना संक्रमित थपिएका छन् । 

हालसम्म नेपालमा १८ लाख ४९ हजारभन्दा बढीको पिसिआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै, पछिल्लो एक साताको अवधिमा कोरोनाबाट नेपालमा ९२ जनाको मृत्यु भएको छ । 
डा. गौतमले कोरोनाको खोप पत्ता लागेको शुभ संकेतहरु मिले पनि केही समयसम्म अझै नेपालमा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्