२१ जेठ २०८३, बिहीबार

विप्लव समूहमाथि प्रहरीको 'एक्सन', जंगलमै छापा मारेर कार्यकर्ता नियन्त्रणमा

पुस २, २०७७
विप्लव समूहमाथि प्रहरीको 'एक्सन', जंगलमै छापा मारेर कार्यकर्ता नियन्त्रणमा

जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा छापा मारेर प्रहरीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ लाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातको समयमा छापा मारी भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका १२ थान सिम, दुई वटा ट्यांकलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको जनाएको छ । उनीमाथि हातहतियार, खरखजाना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा सूर्य तामाङले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्