
नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ ।
बिहीवार छापावाल सुनको मूल्य प्रति तोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।