११ साउन २०८३, सोमबार

संवैधानिक परिषद्का सदस्यलाई आजै साँझ बैठकका लागि बालुवाटारमा निम्तो

संवैधानिक परिषद्का सदस्यलाई आजै साँझ बैठकका लागि बालुवाटारमा निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

संवैधानिक निकायमा नियुक्तिभन्दा पनि परामर्शका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।

मंगलवार बिहानका लागि बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि अध्यादेश जारी गरेर सोही दिन साँझ बैठक राखिएको थियो । 

प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित बैठकले कुनै निर्णय गरेको थिएन । पार्टीमा चर्को विवाद भएपछि बुधवार प्रधानमन्त्री ओलीले बुधवार स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए ।  

बिहीवार भने प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा समेतलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो । परिषद्को बैठक साँझ साढे ५ बजेका लागि बोलाइएको छ । बेलुका ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्