![काठमाडौंमा भोलिदेखि जोरबिजोर प्रणाली अन्त्य [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Yatayat_bk4LoqaIqP.jpg)
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली भोलि शुक्रवार बिहानदेखि लागू हुने गरी अन्त्य गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै जोरबिजोर प्रणाली अन्त्य भएको जानकारी दिएका छन् ।
बढी संख्यामा यातायात सञ्चालन गर्दा कोरोनाको जोखिम कम हुने निष्कर्ष निकाल्दै प्रशासनले जोरबिजोर हटाउने निर्णय गरेको हो ।
