०२ असार २०८३, मंगलबार

लाङ्टाङमा भालुको आक्रमणबाट ३ जना घाइते

पुस २, २०७७
लाङ्टाङमा भालुको आक्रमणबाट ३ जना घाइते

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । 

गत साउनदेखि मंसिर मसान्तसम्म ३ जनालाई जंगली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पुर्‍याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
              
लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो । 
                   
भालुले घाइते बनाएका तीनै जना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्