३१ जेठ २०८३, आइतबार

तस्करसँग मिलेमतो गर्ने सशस्त्रका ६२ घुमुवा प्रदेश कार्यालय तानिए

तस्करसँग मिलेमतो गर्ने सशस्त्रका ६२ घुमुवा प्रदेश कार्यालय तानिए

२ नम्बर प्रदेशका ८ वटा जिल्लामा परिचालित सशस्त्र प्रहरीका ६२ जना घुमुवालाई प्रदेश सशस्त्र प्रहरी कार्यालयमा तानिएको छ ।

भारतीय सीमा नाका पर्ने प्रदेश २ का जिल्लामा सादा पोशाकमा रहेका घुमुवा प्रहरीले आफ्नो आचरणविरुद्धको काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्रप्रकाश गौतमले ६२ जना शादा पोशाकका सशस्त्र प्रहरीलाई तानेका हुन् । 

ती घुमुवा प्रहरीले भारतीय सीमानाकाबाट तस्करहरुसँग मिलोमतो गरेको सूचनाको आधारमा उनीहरुलाई कारवाहि स्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको डीआईजी गौतमले लोकान्तरलाई बताए ।

‘म प्रमुख भएर आएपछि उनीहरुको तस्करसँगको मिलोमतो भएको भन्ने उजुरी आइपुगेकाले कारबाही स्वरुप उनीहरुलाई प्रदेशमा तानेको हुँ,’ प्रमुख गौतमले भने,‘उनीहरुले आफ्नो संगठनको आचरणविरुद्धको काम गरेको देखिन्छ ।’

प्रदेशमा तानिएका घुमुवाहरुले विगत ७ वर्षदेखि सादापोशाकमा काम गर्दै आएको र संगठनमा हुनुपर्ने शारीरिक तन्दुरुस्ती लगायत सशस्त्र प्रहरीको आचरण समेत भुलेकाले अहिले उनीहरुलाई बाहिनीमा ‘रिभरेस’ तालिम दिई राखेको छ ।
 
उनीहरुलाई यो तालिमपछि शारीरिक तालिम दिएर सशस्त्रको अन्य पोशाकसहितको अन्य डिउटीमा खटाउने प्रदेश सशस्त्र प्रहरीले जनाएको छ । 

२ नम्बर प्रदेशका बिओपीहरुमा कार्यरत अन्य सादापोशाकका सशस्त्र प्रहरीले यदि कुनै गलत कार्य गरेको थाहा पाएको खण्डमा उनीहरुलाई कारबाही गर्ने गर्ने डीआईजी गौतमले लोकान्तरलाई बताए ।

‘यदि कसैले आफ्नो आचरण विरुद्धको काम गरेको पाएइएमा उनीहरुलाई सिधै कारवाहि हुन्छ,’ डीआईजी गौतमलले भने ।

सामान्य तया तस्करहरुको सूचनाको लागि सादा पोशाकका सशस्त्र प्रहरीहरु खटाउने गरिन्छ तर तिनै सादापोशाकका प्रहरी तस्करसँग मिलेमतो गरेर अवैध काम गर्ने गरेको गुनासोको आधार उनीहरुलाई प्रदेश प्रहरी कार्यलयमा तानेको २ नम्बर प्रदेश सशस्त्र प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्