०७ साउन २०८३, बिहीबार

शेन वार्नले चेतेश्वर पुजाराविरुद्ध गरे 'जातिवादी टिप्पणी'

पुस ३, २०७७
शेन वार्नले चेतेश्वर पुजाराविरुद्ध गरे 'जातिवादी टिप्पणी'

अस्ट्रेलियाका महान् स्पिनर शेन वार्नले भारतका स्टार ब्याट्सम्यान चेतेश्वर पुजाराविरुद्ध जातिवादी टिप्पणी गरेपछि आलोचना भएको छ । 

भारत र अस्ट्रेलियाबीच एडलेडमा चलिरहेको पहिलो टेस्टमा कमेन्ट गरिरहेका वार्नले चेतेश्वरलाई स्टिभ उपनामले बोलाए । 
 

चेतेश्वरको नाम उच्चारण गर्न गाह्रो परेकाले बेलायतको काउन्टी क्रिकेट क्लब योर्कशायरका टीममेटहरूले उनलाई स्टिभ भनी बोलाउने गरेको उनले बताए । 
 

चेतेश्वरले पनि आफूलाई साथीहरूले स्टिभ भनी बोलाउने गरेको तर आफ्नो सही नाम उच्चारण गरिदिए हुन्थ्यो भन्ने लागेको पुजाराले बताए । तर योर्कशायरका साथीहरूलाई त्यो नाम उच्चारण गर्न गाह्रो परेकाले स्टिभ नाम स्वीकार गरेको उनको भनाइ छ । 

बिहीवार वार्नले चेतेश्वर पुजारालाई स्टिभ भनेपछि दर्शकहरूले उनी अव्यावसायिक र जातिवादी भएको भनी आलोचना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्