२९ जेठ २०८३, शुक्रबार

सोमवार आकाशमा देखिनेछ अद्भुत दृश्य

पुस ३, २०७७
सोमवार आकाशमा देखिनेछ अद्भुत दृश्य

सन् २०२० अन्त्य हुन लाग्दा आकाशमा अद्भुत दृश्य देखिने भएको छ । 

सोमवार हाम्रो ग्रह प्रणालीका बृहस्पति र शनि ग्रह एकदर्म नजिकै आउनेछन् । यस अन्तरीक्ष घटनालाई ग्रेट कन्जंक्सन भनिन्छ । 

यसलाई लोकप्रिय भाषामा क्रिसमस स्टार भनिन्छ । 

यसअघि यस्तो दृश्य सत्रौं शताब्दीमा देखिएको थियो र अब एकैचोटि सन् २०८० मा मात्र देखिनेछ । 

यस दृश्यलाई नांगै आँखाले दक्षिणपश्चिम दिशामा देखिने विज्ञहरूको भनाइ छ । आजभोलि नै पनि आकाशमा हेर्दा यी दुई ग्रहहरू बिस्तारै एकअर्काको नजिक आइरहेको देखिन्छन् । 

टेलिस्कोपबाट हेर्दा ती दुई ग्रहको फरक फरक पहिचान देखिनेछ भने सीधै हेर्दा चाहिँ छुट्ट्याउन गाह्रो पर्छ । 
 

सौर्यप्रणालीमा बृहस्पति र शनि त्यसो त प्रत्येक २० वर्षमा एकअर्कालाई क्रस गर्छन् तर यो वर्ष उनीहरू निकै नजिक देखिन लागेका हुन् । 

सोमवार साँझ साढे ६ बजे घरबाट दक्षिणपश्चिम दिशामा हेर्दा यो दृश्य देख्न सकिने खगोलविद्हरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्