×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसम्मत ढंगले निर्देशन दियो ।

Muktinath Bank

ओली आफैं सहभागी भएको बैठकले दिएको निर्देशन कार्यान्वयन गर्न छाडेर अध्यादेशलाई 'बार्गेनिङ टूल'का रूपमा उपयोग गर्न खोजेको आरोप उनीइतर पक्षका नेताले लगाउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता गर्ने निर्णय पारित होला भन्ने आशा नेताहरूको थियो । तर अध्यादेशबारे बैठकमा कुनै चर्चा भएन । 'फिर्ताको निर्णय त परै जाओस्, अध्यादेशको चर्चा पनि भएन,' बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

अध्यादेश जसरी ल्याइन्छ, त्यही प्रक्रियाबाट नै फिर्ता गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसअघि वैशाख ८ मा ल्याइएका दुई अध्यादेश ४ दिनपछि मन्त्रिपरिषद् बैठकको निर्णय सिफारिशका आधारमा राष्ट्रपति कार्यालयले फिर्ता गरेको थियो ।

Vianet communication

हुन त अध्यादेश ल्याउँदा पनि मन्त्रीहरूलाई थाहा दिइएको थिएन । मंगलवार मन्त्रिपरिषद् बैठक बस्यो, सरुवा बढुवाका सामान्य निर्णयहरू भए । मन्त्रीहरूले अध्यादेशका बारेमा चाहिँ राष्ट्रपति कार्यालयले सूचना जारी गरेपछि मात्र थाहा पाए ।

प्रचण्डको प्रतिवेदन फिर्ता नभएसम्म अध्यादेश फिर्ता हुँदैन – ओली

बिहीवार संवैधानिक परिषद्को बैठक बोलाएका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आपत्तिपछि बैठक स्थगित गरे ।

बुधवारको स्थायी कमिटी बैठकमा २ निर्णय भएका थिए । पहिलो अध्यादेश फिर्ता लिने र दोस्रो राष्ट्रपति कार्यालयमा दर्ता गर्न लगिएको संसदको विशेष अधिवेशनको मागसहित ८३ सांसदको हस्ताक्षर फिर्ता लिने ।

निर्णयअनुसार राष्ट्रपति कार्यालय पुगेका स्थायी कमिटी सदस्यद्वय भीम रावल र पम्फा भुसाल फिर्ता भए । तर बुधवार गरिएको निर्णयअनुसार ओलीले अध्यादेश अझै फिर्ता लिएका छैनन् ।

बिहीवार ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो परिषद्कै बैठक किन बोलाएको भनी प्रश्न गरेका थिए । जवाफमा ओलीले अनौपचारिक ढंगबाट बसौं न त भनेर बोलाइएको भन्दै स्पष्ट जवाफ दिएनन् ।

बरू ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म अध्यादेश फिर्ता नगर्ने संकेत गरेका थिए ।

'मैले अध्यादेश अहिल्यै फिर्ता लिनुपर्ने तर तपाईंले ममाथि लगाएको आरोपपत्र फिर्ता चाहिँ नलिने ?' ओलीले यस्तो प्रश्न गरेको भन्दै प्रचण्डले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

बार्गेनिङ टूल !

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यादेशलाई बार्गेनिङका लागि दुरुपयोग गरेको आरोप ओलीमाथि लगाइन् । लोकान्तरसँगको संक्षिप्त कुराकानीमा शाक्यले ओलीले अझै पनि विनाशर्त अध्यादेश फिर्ता नलिए पार्टीले कारवाही गर्न पनि सक्ने संकेत गरेकी छन् ।

'प्रधानमन्त्रीले अध्यादेश फिर्ताको विषयलाई लिएर पार्टीसँग बार्गेनिङ गर्न खोज्नुभएको छ,' शाक्यले भनिन्, 'अध्यक्ष प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने शर्त राखेर प्रधानमन्त्रीले कमिटीले गरेको निर्णय नमान्ने संकेत देखाउनु राम्रो होइन ।'

उनले अध्यादेश र पार्टीको विवादको कहीँ कतै साइनो नरहेको स्पष्ट पारिन् । 'पार्टी विवादसँग अध्यादेशको कुनै साइनो छैन । अध्यादेशले संवैधानिक प्रावधानमाथि अतिक्रमण गरेको छ । पार्टीले फिर्ता लिन निर्देशन दिएको छ । विनाशर्त अध्यादेश फिर्ता हुनुपर्छ,' शाक्यको भनाइ छ ।'

अध्यादेश फिर्ता नभए पुनः हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय !

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यादेश फिर्ता नगरिए अस्तिकै हस्ताक्षर र पत्र बोकेर पुनः राष्ट्रपति कार्यालय जाने बताएका छन् ।

'पार्टीको निर्णयअनुसार २ दिनसम्म पनि अध्यादेश फिर्ताको निर्णय कार्यान्वयन नहुँदा शंका पैदा भएको छ,' पौडेलले भने, 'विनाशर्त अध्यादेश फिर्ता नगरिए हामी पहिलाकै जस्तो गरी राष्ट्रपति कार्यालय जान्छौं ।'

ओलीले सहजै अध्यादेश फिर्ता गर्नेमा प्रचण्ड-नेपाल पक्ष ढुक्क छैन ।

प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्य भन्छन् – 'पार्टीले निर्णय नै गरिसकेको अवस्थामा अध्यादेश फिर्ता हुँदैन कि भनेर शंका गर्न जरुरी छैन । एउटा प्रक्रिया होला, त्यसअनुसार प्रधानमन्त्री जान खोज्नुभएको होला । त्यसैले समय लागेको हुन सक्छ ।'

बार्गेनिङ टूलका रूपमा अध्यादेशलाई दुरुपयोग गर्न खोजिएको हो भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो होइन । बार्गेनिङ किन र केका लागि गर्ने ? प्रधानमन्त्रीलाई आफ्नो राजनीतिक, नैतिक र संवैधानिक सीमाका बारेमा थाहा छ । अनर्गल प्रचार गर्नु हुँदैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x