२१ असार २०८३, आइतबार

टेनिस खेलाडीका परिवारलाई रु १२ लाख ८० हजार सहयोग

टेनिस खेलाडीका परिवारलाई रु १२ लाख ८० हजार सहयोग

कास्की जिल्ला टेनिस सङ्घले टेनिस खेलाडी स्व सुरज नगरकोटीका परिवारलाई रु १२ लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

    नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस सङ्घका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गरेका हुन् ।

    सहयोग रकममध्ये रु आठ लाख स्व नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ ।

    बाँकी रु एक लाख ५० हजार श्रीमती र रु एक लाख ५० हजार बुबा÷आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको सङ्घका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्