१९ असार २०८३, शुक्रबार

चीनसँग दूरी बनाउन भारतीय सैनिक अधिकारीको नेपाललाई चेतावनी

पुस ४, २०७७
चीनसँग दूरी बनाउन भारतीय सैनिक अधिकारीको नेपाललाई चेतावनी

 
भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले नेपाललाई चीनसँग दूरी बनाउन चेतावनी दिएका छन् । काठमाडौंलाई श्रीलंकाको अनुभवबाट सिक्न सुझाव दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

नेपालको थिंक ट्यांकद्वारा आयोजित एक अनलाइन कार्यक्रममा आफ्नो धारणा राख्दै जनरल रावतले काठमाडौं र दिल्ली सम्बन्धबारे बताएका छन् । स्वतन्त्र विदेश नीतिको आधारमा चीन सहित अन्य देशका लागि खुला गर्दै आएको बताए । 

रावतले भने, ‘चीनले श्रीलंका र अन्य देशका साथ सम्झौता गरेको छ । चीन विकासशील देशमा श्रमका माध्यमबाट अर्वौ डलरको विस्तार गरिरहेको । त्यसपछि चीन आफ्नो रणनीतिक लाभ उठाउन उद्दत हुन्छ ।’

भारतका शीर्ष अन्य अधिकारी रावतले भने, ‘नेपाल अन्तर्राष्ट्रिय मामलामा स्वतन्त्र रुपले काम गर्न स्वतन्त्र छ । तर, श्रीलंका र अनय देशबाट सतर्कता सिक्न जरुरी छ । जसले अन्य देशसँग सम्झौता गरेका थिए ।’

उनले अघि भने, ‘श्रीलंका मात्र एक उदाहरण हो । चिनियाँ कम्पनी पैसा दिएर पछि त्यसको भुक्तान गर्नका लागि संघर्ष गरेपछि श्रीलंकालाई २०१७ मा हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई सुम्पिनुपरेको थियो । चीनको बयाका ३.३ बिलियन डलर ऋण चुकाउनका लागि अन्तर्राष्ट्रि बवजारबाट उदारो लिनु परेर श्रीलंकाको वित्तीय हालत खराब भएको थियो ।’

भारत सरकारका वरिष्ठ अधिकारीले चीनले पाँच दक्षिण एसियाली देशलाई कमसेकम ३१ बिलियन डलरको ऋण दिएको जसमा पाकिस्ता, माल्दिभ्स, बंगलादेश, श्रीलंका र नेपाल सामिल रहेको बताए । 
उनले भने, ‘यो रिपोर्ट गरिएको तथ्यांक हो । तर, वास्तविक आँकडा अझै धेरै हुनसक्छ । चीन ऋणी सरकारको संख्या सार्वजनिक गर्नबाट रोक लगाउँछ ।’

जाम्बिया महामारीपछि आफ्नो ऋण डिफल्ट गर्ने पहिलो अफ्रिकी देश हो । गार्डियनको एक रिपोर्टअनुसार परिसम्पत्ति र फण्ड प्रवन्ध चिनियाँ कर्जदाताको अनुमानित ३ बिलियन ऋण पारदर्शी गराउन चाहे पनि चीनले रोकेको रावतले बताए ।

अध्ययनमा चीन दुनियाँको सबैभन्दा ठूलो आधिकारिक ऋण प्रवाहकर्ता, विश्व बैंक, आईएमएफ वा सबै ऋण प्रवाहकताए सरकार जस्ता पारम्परिक, आधिकारिक ऋणदातालाई पार गर्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्