
पछिल्लो २४ भन्टामा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारीअनुसार आज ७ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससँगै मुलुकभर हालसम्म संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
शनिवार १ हजार १ सय ७५ जना कोरोना मुक्त भएका छन् । यससँगै मुलुकभर कोरोना मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।
यस्तै शनिवार १२ जनाको मृत्यु भएको छ । यससँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।