
पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको साहित्य महोत्सव (लिटरेचर फेस्टिभल) आयोजना हुने भएको छ । यसअघि फेवाताल किनारमा आयोजना गरिँदै आएको महोत्सव यसपटक पर्यटकीय गन्तव्य सराङ्कोटमा माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा अर्चुअल रुपमा आयोजना गरिने आयोजक संस्था बुकवर्म फाउण्डेशनले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।