
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले ओलीले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।
आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएर ओलीले संसद विघटनको सिफारिस गरेका थिए ।
संसद विघटनलाई ज्ञवालीले गम्भीर र अक्षम्य अपराध भन्दै टिप्पणी गरेका हुन् ।
ज्ञवालीले लोकान्तरसँग भने, 'ओलीले गम्भीर र अक्षम्य अपराध गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनलाई पनि सिध्याउने र लोकतन्त्रलाई पनि सिध्याउने काम उहाँबाट भएको छ ।'
ज्ञवालीले पार्टी बैठक चलिरहेको अवस्थामा छलफलमा नआएर लोकतन्त्रमाथि प्रहार गर्ने अधिकार ओलीमाथि नभएको टिप्पणी गरे ।