
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले संसद विघटन गर्ने सरकारको निर्णयलाई पुष १ गतेको पुनरावृत्ति भन्दै कडा प्रतिवाद गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेतृ भुसालले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि ओलीले धावा बोलेको आरोप लगाईन् ।
'संविधान, लोकतन्त्र र गणतन्त्रमाथिको धावा मुर्दावाद !' उनले लेखेकी छन्, '२०१७ साल पुष १ गतेको पुनरावृत्तिको सबैले विरोध गरौँ ।'