२५ असार २०८३, बिहीबार

दलभित्रको झगडाको आवेगमा संसद् विघठन गर्नु असंवैधानिकः शशांक कोइराला

दलभित्रको झगडाको आवेगमा संसद् विघठन गर्नु असंवैधानिकः शशांक कोइराला

कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्रीले संसद् विघठन गरेको बताएका छन् । 

आइतबार बिहान मन्त्रिपरिषद्बाट संस्द विघठनको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वत्र आलोचना भएको छ । 

डा. कोइरालाले ट्वीट गदै प्रधानमन्त्रीले पार्टी झगडाको आवेग गैरजिम्मेवारी पूर्ण कदम उठाएको बताएका छन् ।

उनले भनेका छन्, ‘दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ।’

उनले यस्तो निर्णयले देश फेरि द्वन्द्वमा फस्ने खतरा भएको भन्दै राष्ट्रपतिले सच्याउनुपर्ने बताए ।

उनले अघि भनेका छन्, ‘यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ। यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ।

salt training

कमेन्ट गर्नुहोस्