
सत्ताओरोध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको कदम गैरसंवैधानिक र प्रतिगामी रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्न भनेर गरिएको सिफारिस गैर-संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम रहेको टिप्पणी गरेका हुन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन् - आज प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक, अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागू हुन सक्दैन । यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।'