
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपाल पक्षीय मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
देश तथा पार्टीको भविष्यलाई नै अन्धकारमा धकेल्ने गरी संविधान प्रतिकूल निर्णय गरेकाले त्यसको अपजस आफूहरूले नलिने भन्दै मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरेका हुन् ।
मन्त्रिपरिषद्को आइतवारको आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।
उक्त सिफारिश लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं बालुवाटार पुगेका थिए ।
सामूहिक राजीनामाका विषयमा मन्त्रीहरू छलफलमा रहेको स्रोतले लोकान्तरसँग जानकारी दियो ।