२६ जेठ २०८३, मंगलबार

एनसेलले ल्यायो 'दामी क्यासब्याक' योजना

एनसेलले ल्यायो 'दामी क्यासब्याक' योजना

एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ ।

यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।
 
यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने रु ४९.०२ भन्दा बढि अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु १०० को रिचार्जमा अब कम्तिमा विद्यमान रु ९८.०४ भन्दा बढि रु १०२ मेन ब्यालेन्स पाउँछन् । 
 
यो योजना आइतबारबाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहने एनसेलले जनाएको छ ।
 
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई  प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो । रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु १०० रिचार्ज गर्नेले रु २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।
 
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्