०२ साउन २०८३, शनिबार

के छ धारा ७६ र ८५ मा ?

के छ धारा ७६ र ८५ मा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छन् ।  

उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र  धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन् । 

संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।

 यस्तै धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ । 

यसैगरी धारा ८५ (१)मा  संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्