०३ असार २०८३, बुधबार

निर्वाचन आयोगमा पुग्यो केपी ओलीलाई नेकपाबाट कारवाही गर्ने लिखित सूचना !

निर्वाचन आयोगमा पुग्यो केपी ओलीलाई नेकपाबाट कारवाही गर्ने लिखित सूचना !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतका आधारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई पार्टीबाट कारवाही गर्ने तयारी रहेको सूचना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले निर्वाचन आयोगलाई दिएको छ ।

ओलीमाथि कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय स्थायी कमिटी बैठकले गरिसकेकोबारे नेकपाको तर्फबाट निर्वाचन आयोगलाई लिखित जानकारी गराइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले निर्वाचन आयोगलाई ओलीमाथि हुन लागेको कारवाहीबारे जानकारी गराइएको लोकान्तरलाई बताए ।

प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमलाई रोक्न कानून व्यवसायीसँगको परामर्शपछि प्रचण्ड पक्षले निर्वाचन आयोगलाई कारवाहीबारे जानकारी गराएको जनाइएको छ ।

नेकपा केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाइएको छ । बैठकबाट ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्