
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाएको दावी गरेका छन् ।
उनले विगतका तितापिरा बिर्सेर निर्वाचनमा सहभागी हुन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा राखेका नेतालाई निर्वाचन विकल्प हुने बताएका हुन् ।
‘विगतका तितापिरा बिर्सेर निर्वाचनमा सहभागी हुन कमरेडहरूलाई आग्रह गर्दछु । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने छ,’ ओलीले भने, ‘नेताहरूको लोकप्रियता र क्षमताको मापन गर्ने र प्रधानमन्त्री बन्न प्रतीक्षा गरेकालाई विकल्प दिनेछ । विपक्षी दललाई पनि आफ्ना एजेण्डा लैजान मद्दत गर्नेछ ।’
आइतवार सरकारले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेको थियो ।