
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचन आयोगले नयाँ निर्वाचन सम्पन्न गर्नका लागि तयारी थालेको छ । आयोगले अर्को व्यवस्था नहुँदासम्म हाल संकलन हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले से निर्णय गरेको हो । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेको छ ।