२१ जेठ २०८३, बिहीबार

ठूलो छलाङ मार्दै म्यानचेस्टर

पुस ७, २०७७
ठूलो छलाङ मार्दै म्यानचेस्टर

स्कट म्याकटोमी र ब्रुनो फर्नान्डेजले समान दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार लिड्स युनाइटेडलाई ओल्ड ट्राफोर्डमा ६–२ ले हराएको छ ।

यो जितसँगै म्यानचेस्टर अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टरको २६ अंक भएको छ । टोली गोलअन्तरका कारण समान अंक भएको एभरटनभन्दा माथि छ । यो शीर्षस्थानमा रहेको लिभरपुलसँग ५ अंकको दूरी हो ।

म्यानचेस्टरले लिभरपुलको तुलनामा एक खेल कम खेलेको छ । लेस्टर भने २७ अंकसहित दोस्रो स्थानमा छ । लिड्सविरुद्ध म्यानचेस्टरको प्रदर्शन यो सिजनकै उत्कृष्ट रह्यो र यो नतिजामा व्यवस्थापक ओले गनर सोल्सायर खुसी रहे । खेलपछि उनले भने, ‘यो खेलमा ७५ हजार दर्शक भएको भए यो जितलाई हाम्रो उत्कृष्ट प्रदर्शनमध्ये एक मानिन्थ्यो ।’

उनले यो खेलमा आफ्नो टिम अझ ठूलो अन्तरले जित्न सक्ने स्थिति रहेको दाबी गर्दै यस लयलाई टिमले कायम गर्नुपर्ने बताए । आइतबार अर्को खेलमा अनवर अल घाजीको दुई गोल मदतमा एस्टन भिल्लाले वेस्ट ब्रुमलाई ३–० ले पराजित गर्‍यो । वेस्ट ब्रुमले नयाँ व्यवस्थापक साम एलाडायसीको नेतृत्वमा पहिलो खेल खेलेको थियो । त्यसमा टोली नमीठो नतिजा आत्मसात् गर्न बाध्य रह्यो ।

बेन्जेमाको गोल
म्याड्रिड– करिम बेन्जेमाले आफू उत्कृष्ट लयमा रहेको साबित गर्दै एक गोल र अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आइबरलाई ३–१ ले हराएको छ । रियलको यो लगातार पाँचौं जित हो । योसँगै रियलले लिग तालिकामा शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।

दुवै म्याड्रिड क्लबको २९ अंक भएको छ । एट्लेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । आइबर १५ अंकसहित १४ औं स्थानमा छ । आइतबार अर्को खेलमा गेटाफेले काडिजलाई २–० ले हरायो । विजयी टिमको १६ अंक छ र ११औं स्थानमा छ । काडिजका लागि भने घरेलु मैदानमा बेहोरेको यो हार ठूलो धक्काका रूपमा रह्यो । यो खेल जितेको भए काडिजले युरोपमा खेल्ने सम्भावना जीवन्त राख्न सक्थ्यो ।  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्