
कोरोना भाइरसको प्रकोप छिट्टै अन्त्य हुने संकेत देखिँदैन । बेलायतपछि अब दक्षिण अफ्रिकामा पनि कोरोना भाइरसको नयाँ रुपको संक्रमण देखिएको छ ।
यो घटनासँगै पूरै विश्वलाई अर्को चिन्तामा पारेको छ । अहिलेसम्म भ्याक्सिन उपलब्ध भएपछि एक वर्षमै कोरोना कहर अन्त्य हुने सबैले अपेक्षा गरेका थिए ।
तर, अब नयाँ वर्षको स्वागत पनि कोरोना प्रकोपको खबरकै बीच हुने देखिएको छ ।
दक्षिण अफ्रिकामा बिरामीको संख्या बढ्नुका साथै यस नयाँ रुपबाट एक जनाको मृत्यु भएको खबर आएको छ ।
चिन्ताजनक कुरा त यो छ कि दक्षिण अफ्रिकामा कोरोनाको दुई वटा चेतावनी आएको छ । बेलायतमा भेटिएको नयाँ स्ट्रेनबाट पूरै तरिकाले अलग देखिन्छ ।
वैज्ञानिकले यसबारे अध्ययन गरिरहेका छन् कि नयाँ भाइरसबाट अहिले बनेको भ्याक्सिनले सुरक्षा दिन सक्छ कि सक्दैन भन्नेबारे ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित भ्याक्सिन र अन्य भ्याक्सििन दक्षिण अफ्रिकामा क्लीनिकल ट्रायल भइरहेको छ ।
दक्षिण अफ्रिका स्वास्थ्य अधिकारीका अनुसार ५०१–भी२ का रुपमा पहिचान गरिएको स्ट्रेनको संक्रमण अहिले देखिएको प्रमुख हो ।
सरकारका मन्त्रिस्तरिय सल्लाहका समितिका अध्यक्ष प्रोफेसर अब्दुल कमिले चिन्ता गर्दै भने, ‘अहिले केही पनि बोल्नु हतार हुन्छ । प्रारम्भिक आँकडाबाठ संक्रमणको दोस्रो लहरमा यो भाइरस हावी भएको देखिन्छ । पहिलो लहरको तुलनामा यो नयाँ रुप तिव्र गतिमा फैलिरहेको छ । आउने दिनमा संक्रमणका केस तिव्र गतिमा दर्ता हुनसक्छन् ।’