२६ जेठ २०८३, मंगलबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । 

मंगलवार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, मंगलवार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्