२७ जेठ २०८३, बुधबार

ओली पक्षीय भेलामा मणि र टोपबहादुर सहभागी, बादलको कित्ता अझै अस्पष्ट

ओली पक्षीय भेलामा मणि र टोपबहादुर सहभागी, बादलको कित्ता अझै अस्पष्ट

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू भएको छ । 

बैठक बिहान ९ बजे बोलाइएको भए पनि ढिला गरी शुरू भएको हो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा रहेका टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी हुन पुगेका बालुवाटार स्रोतले दाबी गरेको छ । दुवै नेकपाका स्थायी कमिटी सदस्य हुन् । 

गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ले भने अझैसम्म कित्ता स्पष्ट गरेका छैनन् । 

मंगलवारै बिहान बादललाई भेट्न प्रचण्ड पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका थिए ।

बालुवाटारमा बसिरहेको बैठकले प्रचण्ड लगायत अन्य शीर्ष नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ । 

बैठकमा केन्द्रीय कमिटी सदस्यहरू थप्ने तयारी पनि रहेको छ । मंगलवारै अपराह्न १ बजे बबरमहलमा प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्