
नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलबिद्युत आयोजना १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ ।
प्रतिष्ठित ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको उक्त जल बिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ ।
रु. २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा रु. १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि सप्लीमेन्ट्री सिन्डिकेट क्रेडिट फ्यासिलिटिइज् एग्रीमेन्ट सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट सोमबार बसेको सहभागी बैंक तथा वित्तीय संस्थाहरुसंगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका थिए । उक्त अवसरमा सहभागी सम्पूण र्बैक तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।
उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा रु. ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा रु. २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. २ अर्ब, हिमालयन बैंकद्वारा रु. २ अर्ब, लक्ष्मी बैंकद्वारा रु. १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा रु. १ अर्ब, बैंक अफ काठमाण्डौद्वारा रु. १ अर्ब तथा कृषि बिकास बैंकद्वारा रु. १ अर्ब गरी जम्मा रु. रु. १९ अर्ब ६५ करोड २५ लाखको बित्तिय प्रबन्ध गरिएको हो ।
नेपाल बैंक लिमिटेडको संस्थागत कर्जा बिभागका प्रमुख श्री प्रदिप पाठकले संचालन गर्नुभएको उक्त कार्यक्रममा कर्मचारी संचय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष श्री तुलसी गौतमले स्वागत मन्तब्य ब्यक्त गर्दै यो निजि क्षेत्रद्वारा राष्ट्र निर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलता संगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने बिचार ब्यक्त गरे ।