
प्रतिनिधिसभा विघटनको निर्णय गैरसंवैधानिक भएको दावीसहित नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह सर्वोच्च अदालत पुगेको छ ।
प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन नेकपा स्थायी कमिटीका सदस्यहरू देव गुरुङ र कृष्णभक्त पोखरेल लगायत सर्वोच्च अदालत गएका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिए ।
थप २ जना सदस्य बढ्न सक्ने उनले बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित उनीहरू अदालत गएका हुन् ।
सांसदहरूको भेलामा सोमवार प्रचण्डले सर्वोच्चलाई सांसदहरू ज्यूदै भएको प्रमाण दिनुपर्ने बताएका थिए ।