
भौतिक निर्माण तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालमा रहेको भारतीय दूतावासकी डेपुटी चीफ अफ मिसन नामग्या खम्पासँग मंगलवार भेटवार्ता गरेका छन् ।
उनीहरूबीच भारतको सहयोगमा चलिरहेको रेलमार्ग र सडकमार्गमार्फत विद्यमान सम्पर्क परियोजनाका विषयमा चर्चा भएको भारतीय दूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत जानकारी दिएको छ ।