१८ असार २०८३, बिहीबार

असंवैधानिक कदम फिर्ता लिए ओलीलाई पार्टीमा स्वागत गर्छाैं, नभए कारवाही : प्रचण्ड

असंवैधानिक कदम फिर्ता लिए ओलीलाई पार्टीमा स्वागत गर्छाैं, नभए कारवाही : प्रचण्ड

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको असंवैधानिक कदम फिर्ता लिएर आएमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मालाई पार्टीमा स्वागत गर्ने, अन्यथा अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओलीको अहंकारका कारण देश संवैधानिक र राजनीतिक दुर्घटनामा फसेको उनले आरोप लगाए । 

काठमाडौंको बबरमहलमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यको भेलालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको असंवैधानिक कदम ओलीले फिर्ता गर्नुपर्ने बताए ।

‘केपी ओली पार्टीमा आउनुहुन्छ, असंवैधानिक कदम फिर्ता लिनुहुन्छ भने पार्टीमा स्वागत गर्छाैं । अन्यथा अनुशासनको कारवाही गर्छाैं,’ प्रचण्डले बैठकमा भने । 

प्रचण्डले ६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएकाले आफूहरू नै वैधानिक नेकपा भएको समेत दावी गरेका छन् । उनले एकतिहाइ सदस्य उपस्थित बैठकले दुइतिहाइ सदस्य थप गरेर गरिएको निर्णय आधिकारिक हुन नसक्ने बताए । 

निर्वाचन आयोगले वैधानिकता जाँच्ने अवस्थामा आफूहरूलाई आधिकारिक नेकपा मान्नुपर्ने प्रचण्डको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्