०४ साउन २०८३, सोमबार

ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय
फाइल फोटो

नेकपाका बहुमत केन्द्रीय सदस्यहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने स्थायी कमिटीको प्रस्ताव पारित गरेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।​

बैठकमा नेकपाका बहुमतभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए ।

यसअघि सोमवार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै सो सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पठाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्