०८ असार २०८३, सोमबार

बेलायतबाट नेपाल आउने यात्रुलाई किन लगाइयो नेपाल प्रवेशमा रोक ?

बेलायतबाट नेपाल आउने यात्रुलाई किन लगाइयो नेपाल प्रवेशमा रोक ?

सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ ।

क्यानले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।  बेलायतमा सङ्क्रमण तीव्र भएपछि विश्वका कैयौँ देशले उडानमा प्रतिबन्ध घोषणा गरिएको जनाइएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्