
स्थानीय बजारमा बुधवार पहेंलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ ।
छापावाला सुन मंगलवार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला ९०० रुपैयाँले बुधवार ओरालो लागेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन मंगलवार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बुधवार भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य तोकिएको छ ।
चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला १ हजार ३१५ रुपैयाँमा मंगलवार कारोबार भएको चाँदी बुधवार भने प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको छ ।