२२ असार २०८३, सोमबार

कोरोनाकाे नयाँ स्ट्रेनबाट युवालाई बढी खतरा !

कोरोनाकाे नयाँ स्ट्रेनबाट युवालाई बढी खतरा !

कोरोनाको नयाँ रुप पाइएपछि विश्वभर चिन्ता बढेको छ । कैयौं देशले फेरि लकडाउन पनि गरिसकेका छन् ।

कैयौं देशले ब्रिटेनबाट आउने सबै प्रकारका सवारीमा रोक लगाएका छन् । 

यस्तै आजदेखि नेपालले पनि ब्रिटेनबाट आउने उडान अनिश्चितकालका लागि रोकेको छ । 

यसैबीच विशेषज्ञले कोरोनाको यो नयाँ रुप युवाका लागि बढी खतरनाक रहेको दावी गरेका छन् । 

एक रिपोर्ट अनुसार कोरोनाको यो नयाँ स्ट्रेन युवावस्थाका मानिसलाई संक्रमण हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा बढी रहेको विशेषज्ञले बताएका छन् । 

अहिलेसम्मको स्थिति हेर्दा कोरोना ६० वर्षभन्दा माथिका मानिसलाई धेरै नोक्सान पुगेको देखिन्छ ।

तर, हालै देखिएको नयाँ स्ट्रेन(रुप)को युवा उमेरकालाई संक्रमण बढी हुने खतरा छ । 

साथ अफ्रिकामा कोरोनाको नयाँ रुपको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । 

साउथ अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजेका अनुसार कोरोनाको यो नयाँ रुप अन्य व्यक्तिको तुलनामा युवामा बढी असरदार देखिएको छ । 

चिकित्सकले कोरोनाको नयाँ चेतावनीबारे इन्टीडोटको अध्ययन गर्दा यो भाइरस युवालाई धेरै असर गर्ने पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्