०३ असार २०८३, बुधबार

आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष आधिकारिकताको दावीसहित निर्वाचन आयोग पुगेको छ ।

मंगलवार प्रचण्ड–नेपाल पक्षका केन्द्रीय समिति सदस्यको बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरू आयोग पुगेका हुन् । 

स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे सहितका नेताहरू केन्द्रीय कमिटीको निर्णय लिएर आयोगमा पुगेका हुन् । केन्द्रीय कमिटी बैठकको निर्णय लिएर आयोगमा पुगेको नेता पोखरेलले लोकान्तरलाई जानकारी दिए । 

केन्द्रीय कमिटीका ४४६ सदस्यमध्ये ३१५ जनाको उपस्थितिमा प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कारवाही गरिएको प्रचण्ड–नेपाल पक्षले दावी गरेको छ । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठकअघि नै ओली पक्षले केन्द्रीय समिति विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाएको थियो । 

केन्द्रीय समिति विस्तारको निर्णयबारे ओली पक्षले मंगलवार नै आयोगलाई जानकारी गराइसकेको छ । नेकपाको दुवै पक्षले सूर्य चुनाव चिह्न आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्