
मध्यराति खाना खाने मानिसको खराब बानीले स्वास्थ्यमा निकै खतरा उत्पन्न गराउँछ ।
इन्टरनेशनल जर्नल अफ क्यान्सरको एक रिपोर्टअनुसार मध्यरात भोजन गर्ने मानिसमा स्तन र प्रोटेस्ट क्यान्सरको खतरा अधिक हुन्छ ।
यो सोध एक खाने÷पिउने बानीमा जोडिएर गरिएको तथ्यांकमा आधारित छ । जसमा निद्रा र खाना खाने समयलाई लिएर प्रश्न गरिएको थियो ।
कस्ता मानिसलाई क्यान्सरको खतरा ?
सोधकर्ताले यस अध्ययनमा प्रोटेस्ट क्यान्सरको मामला र स्तन क्यान्सरलाई विशेष जोड दिएका छन् ।
जसमा पुरुष र महिला दुवै सहभागी थिए । यसपछि निद्रा र खाने पिउने बानीको तुलना सामान्य मानिसको बानीसँग गरिएको थियो ।

खानेबित्तिकै सुत्नु जोखिमपूर्ण
दिनभर कामको थकानका कारण साँझ अधिकांश मानिस खाना खानेबित्तिकै तत्काल निदाहाल्ने गर्दछन् ।
तर, सोधकर्ताले यस रिपोर्टमा मध्यरात खाना खाने र त्यसपछि तुरुन्तै सुत्नाले क्यान्सरको खतरा अझ बढी हुन्छ ।
रातमा खाना खाइसकेपछि कम्तिमा आधा घण्टा त्यतिकै बस्नुपर्दछ ।
यस्तै, रातमा खाना खाइसकेपछि दुई घण्टा वा त्योभन्दा बढी जाग्राम बस्ने मानिसमा पनि स्तन र प्रोटेस्ट क्यान्सरको खतरा हुन्छ ।
अबेर भोजन गर्नेहरुको समयलाई लिएर पनि वैज्ञानिकले अचम्मित पार्ने तथ्यांक सार्वजनिक गरेका छन् ।

९ बजेअघि नै खानु सुरक्षित
९ बजेभन्दा अगाडि खाना खाने मानिसहरु क्यान्सरको संक्रमणबाट बढी सुरक्षित हुने सोधकर्ताले बताएका छन् ।
यो तथ्यांक खाना र क्यान्सरमाथि अध्ययन गरेर निकालिएको हो ।