नाजिर हुसेन र सम्पदा बानिया भिडियोमा फिचर्ड 'आँखैमा गाजल' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित गायिका मेलिना राई र केदार बरुवाल क्षेत्रीको युगल गायनमा समावेश यस गीतमा शब्द र संगीत स्वयंम गायक क्षेत्रीको नै रहेको छ।
उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्।
भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिएल युट्युब च्यानल 'केदार बरुवाल क्षेत्री अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो।