०३ साउन २०८३, आइतबार

‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि

पुस ८, २०७७
‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिने शेर्पाले उल्लेख गरे ।

    एन्फा महासचिव इन्द्रमान तुलाधरले ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब रु दुई लाखका दरले सहयोग उपलब्ध गराइने जानकारी दिए । लिगअघि सबै खेलाडीको कोरोना परीक्षण गरिनेछ । कोरोनाका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन गरिएको थियो । आजको छलफलमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रवीन्द्र जोशी, लिग कमिटीका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जीव मिश्रलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्