२५ जेठ २०८३, सोमबार

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ यात्रु घाइते

पुस ९, २०७७
बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ यात्रु घाइते
फाइल फोटो

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा बिहीवार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।
 
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका जनकराज र गंगादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्