०२ असार २०८३, मंगलबार

इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

पुस ९, २०७७
इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन
प्रतिकात्मक तस्वीर

इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ ।

इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । 

भेलाले रमेश पराजुलीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन भएका छन् ।

समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन् ।

सूचनाको हकको प्रचलन, प्रवद्र्धन र सम्वद्र्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरणसमेत गर्ने सञ्जाल प्रदेश नम्बर १ का सदस्य राम योङहाङले बताए ।

उनले स्थानीय तहमा यसको प्रभावकारीरूपमा प्रयोग गर्नसके बढ्दै गएको भ्रष्टाचार समेत न्यूनीकरण हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्