१६ असार २०८३, मंगलबार

वडाध्यक्षका हत्यारा ४ जनालाई जन्मकैद

पुस ९, २०७७
वडाध्यक्षका हत्यारा ४ जनालाई जन्मकैद

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका ४ जनालाई जन्मकैदको फैसला गरिएको छ ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधवार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीय प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

वडाध्यक्ष धामी भैंसी गोठमा मृत फेला परेका थिए । मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय ९ जनाले हत्या गरेको भन्दै उनीहरूका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य ५ जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्