२५ जेठ २०८३, सोमबार

प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यहरू भोलि सर्वोच्च अदालत र निर्वाचन आयोग जाने

प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यहरू भोलि सर्वोच्च अदालत र निर्वाचन आयोग जाने

आधिकारिकता दावी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेताहरू भोलि शुक्रवार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएका छन् । 

आफूहरूसँग बहुमत सदस्य उपस्थित रहेकाले आधिकारिकता दावी गर्नका लागि सशरीर आयोगमा जाने निर्णय भएको केन्द्रीय सदस्य भीम आचार्यले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले मौजुदा ४४१ सदस्यीय केन्द्रीय समितिका ३०० भन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको दावीसहित आयोग जाने बताएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षले भने अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता नहुने भन्दै प्रचण्ड–नेपाल समूहको बैठक अवैध भएको दावी गरेको छ । 

यसैबीच ओली पक्षका केन्द्रीय सदस्यको बैठक बालुवाटार र प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलमा बसिरहेको छ । ओली पक्षको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पनि सहभागी छन् ।  

salt training

कमेन्ट गर्नुहोस्