
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले आफूले सोचविचार गरेरै नेकपाको मूल नेतृत्वलाई साथ दिएको बताएका छन् ।
बादलले नेकपाको मूल नेतृत्व केपी ओली नै भएको बताए ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई बिहीवार सम्बोधन गर्दै नेता थापाले देशलाई प्रतिक्रान्तिमा जान नदिन आफूले ओलीलाई साथ दिएको बताए ।
लामो समयको मौनता तोड्दै थापा ओली पक्षमा गएका छन् । ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । उनी माओवादी केन्द्रमा पार्टी महासचिव थिए ।
थापाको सहभागितासँगै नेकपाको दुवै समूहमा सचिवालयका ४–४ जना सदस्य भएका छन् ।