२४ जेठ २०८३, आइतबार

‘प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन, प्रदेश सभा विघटनबारे सोचिएको छैन’

‘प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन, प्रदेश सभा विघटनबारे सोचिएको छैन’

नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको बताएका छन् । 

प्रतिनिधि सभा विघटन भएसँगै कतिपयले ओली सरकार कामचलाउमा परिणत भएको टिप्पणी गरिरहेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओलीपक्षीय केन्द्रीय समिति सदस्यको बैठकपछि पत्रकारहरूको एक प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले ओली काम चलाउ प्रधानमन्त्री नभएको बताएका हुन् । 

‘राष्ट्रपति कार्यालयको पत्र पढ्नु भएको होला, प्रधानमन्त्रीज्यू कामचलाउ होइन, फुलफ्लेज प्रधानमन्त्री हो,’ ज्ञवालीले भने । 

नेकपा प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले प्रतिनिधि सभाजस्तै प्रदेश सभा विघटन गर्नेतर्फ सरकारले नसोचेको बताए ।

प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन कार्यक्रममा प्रदेश सरकारलाई काम गर्न नदिए थप कदम चाल्ने बताएका थिए । 

मन्त्री ज्ञवालीले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने पनि बताए । 

‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटी बैठक सकिएपछिको पहिलो काम यही हुन्छ,’ बिहीवार बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले भने । 

प्रतिनिधि सभा विघटनको भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा गरेका थिए । रिक्त ७ स्थानमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी भएको नेकपा स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्