२६ असार २०८३, शुक्रबार

ओलीको गृहजिल्लामा कसको अवस्था कस्तो ?

ओलीको गृहजिल्लामा कसको अवस्था कस्तो ?


प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो ।
१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्व माओवादीबाट ७१२ जना रहेका छन् । पूर्व एमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्व माओवादी पक्षबाट पनि केही ओलीतिर लागेका छन् ।
जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् ।
पूर्व माओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्ड नेपाल समूहमा रहेका छन् । कार्यालय सचिव शिवकुमार ढुंगेल ओली समूहमा खुलेर लागेको समाचारमा उल्लेख छ ।
यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्