काठमाडौं, २ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रसेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
ताजा मतपरिणामअनुसार कांग्रेसबाट मेयरका उम्मेदवारले १२८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट मेयरका उम्मेदवारले ९५६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि कांग्रेसकै उम्मेदवारको अग्रता देखिन्छ । कांग्रेस उम्मेदवारले १२४८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवारले १०२२ मत प्राप्त गरेका छन् ।