३० असार २०८३, मंगलबार

नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ

असार ३०, २०८३
बुटवल
नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ

नवलपरासीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।​​

पाल्हिनन्द वडा नम्बर–२ र सरावल गाउँपालिका–७ मा ठूलो मात्रामा लागुऔषध बिक्री वितरण भएको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरीको संयुक्त टोलीले उनीहरूलाई १ हजार ९३५ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।​​

पक्राउ पर्नेमा पाल्हिनन्दन वडा नम्बर २ का सोहित कम्कर र सरावल गाउँपालिका–७ का मोहम्मद अफजल अन्सारी छन् । 

भारतीय नम्बर प्लेटको यूपी ५६ एफ ९५२९ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए ।

उनीहरूलाई अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्