काठमाडौं, २ जेठ– जारी मतगणना अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २०३ मतसहित अग्रता कायम राखेका छन् ।
दोस्रोमा साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले १३३ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशी १२८ मतसहित तेस्रो स्थानमा छन् ।
विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १०२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ११ मत मात्र ल्याउन सकेका छन् ।